Advertisement
SKIP THIS
अछाममा चट्याङ लागेर ४ जना घाइते

अछाम: अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन्। अछामको कमलबजार नगरपालिका–१ मा गएराति हावाहुरी र वर्षासंगै परेको चट्याङ लागे ४ जना घाइते भएका हुन्।

प्रहरीका अनुसार घाइते हुनेमा कमलबजार नगरपालिका–१ का १८ वर्षीया गिता कुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेका छन्। घाइते मध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए।

अन्य घाइते ३ जनाको अछाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ। यस्तै चट्याङ लागेर १ भैसी पनि मरेको छ। केही घरमा पनि क्षति पुगेको बताइएको छ।

तपाईको प्रतिक्रिया