Advertisement
SKIP THIS
तामझामका साथ सञ्चालनमा ल्याएका बस थन्किए

अछाम : अछामको मेल्लेख गाउँपालिकाले तामझामका साथ सञ्चालनमा ल्याएका बस थन्किएका छन।गाउँपालिकाको ७७ लाखमा दुई बस खरिद गरी २०७७ कार्तिक २६ गते सार्वजनिक बस सञ्चालन ल्याएको थियोे ।तर ती बस प्रयोग बिहिन भएका छन् । बिगत १ बर्ष देखि सार्वजनिक बसहरु प्रयोग नभएर थन्किएका छन् ।

पालिकाकाले त्यस जनतालाई यातायातमा सहजता होस् भनेर सार्वजनिक बस सेवा सुरु गरेको थियो तर एक बर्षमै बसहरु प्रयोग बिहिन भएका हुन् ।

मेल्लेख गाँउपालिका देखि अन्यन्त्र जान र आउन पालिकाबासीलाई सहजता होस् भनेर बस सेवा सुरु गरिएपनि दिगो हुन सकेन् । एब बर्षमै बसहरु ग्यारेजमा थन्किएका पालिकाबासीले आरोप लगाएका छन् ।

पालिकाका स्थानिय बिरेन्द्र खड्काले जनताले तिरेको करबाट राज्यको करोडौ पैसा खर्च गरेर जनतालाई सेवा दिन खरिद भएका बस प्रयोगमा नआउनु दुखद भएको बताए ।

उनले बस कसैको व्यक्तीगत घरमा र ग्यारेजमा थन्काउनको लागि किनिएको हो की जनतालाई सेवा दिन हो भनेर प्रश्न गरेका छन् ।

यता गाँउपालिकाका प्रमुख प्रशासकीय अधिृकत धुर्व सापकोटाले भने एक बस बिग्रिएर थन्किएको र अर्को बस चालकले कब्जा गरेको बताए । चालकले चलाउन दिए गाडिबाट जम्मा भएको पैसा समेत नदिने चलाउने नदिए गाडी नदिएको बताए ।

तपाईको प्रतिक्रिया