निराकरण खबर अछाम:नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत यहि १३ गते भएको अछाम क्षेत्र नं १ को क्षेत्रिय अधिबेशनबाट कान्छा उम्मेद्धवार तपेन्द्र खड्का सवार्धिक मतका साथ बिजयी भएका छन ।

उनले आफ्नो उमेरभन्दा दोब्बर उमेरका उम्मेदवारलाई पराजीत गर्दै केन्द्रिय महाधिबेशन प्रतिनीधिमा बिजयी हासील गरे । सरल मिजासीला स्वाभावका खड्का छोटो समयमै अछामी कांग्रेसको मन मुटुमा बस्न सफल भएका भए ।
नेपाली कांग्रेसको भ्रात्रृसंगठनबाट सिद्धनाथ साईन्स क्याम्पस महेन्द्रनगरका स्ववियु सभापती समेत भएका खड्का नेपाल बिद्यार्थी संधको केन्द्रिय सदस्यमा झीनो मतले पराजित भएका थिए ।खस आर्यबाट ११ प्रतिस्प्रधिलाई पछाडी पार्दै खड्का पहिलो नम्वरमा पर्दै बिजयी भएका हुन ।
अछाम क्षेत्र नं १ बाट महाधिबेशन प्रतिनिधीका ६० जना उम्मेदवारमा तपेन्द्र खड्का सबै भन्दा कम उमेरका उम्मेदवार रहेका थिए । नेपाल बिद्यार्थी संधबाट नेपाली कांग्रेसको खुल्ला राजनितीमा होमीएका खड्कालाई खस आर्यमा कुल खसेको ७ सय १५ मध्ये ४ सय ९ मत पाएका थिए ।









