Advertisement
SKIP THIS
अमेरिकामा शक्तिशाली भूकम्प गयो

काठमाडौं:अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्लामा ८.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागलाई उद्धृत गर्दै रोएटर्सले लेखेको छ ।

स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया