बिक्रम खड्का डोटी:स्वास्थ्य कार्यालय डोटी लाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तर गरिएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागी गुड नेवर्स इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटी र सामुदायिक विकास मञ्च द्वारा संचालित सामुदायिक विकास परियोजना मार्फत ६ लाख १ हजार २ सय ८० बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
उक्त सामग्री शुक्रबार गुड नेवर्स इन्टरनेशनल नेपाल का जिल्ला संयोजक रन्जीत चौधरी ले स्वास्थ्य कार्यालय डोटी का निमित्त कार्यालय प्रमुख उद्धव ठगुन्नालाई हस्तान्तरण गरे।
संस्थाले अक्सिजन माक्स–१०० थान, पिपिई सेट –१०० थान, एन्टिजेन किट– ८०० थान, भि टि एम स्वाब कलेक्सन किट –१००० थान र डिस्इन्फेक्टेन्ट ५ लि.–४० थान स्वास्थ्य सामग्री हस्तान्तर गरियो । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव ठगुन्नाले स्वास्थ्य सामग्री प्रदान गरेकोमा गुड नेवर्स इन्टरनेशनल लाई धन्यवाद दिदै यसले महामारी सँग लड्न सहजहुने बताए ।
गुड नेवर्स इन्टरनेशनल नेपालले सन् २०१२ देखि जिल्लाका दिपायल सिलगढी नगरपालिका र पुर्वि चौकि गाँउपालिका तथा सन् २०२१ देखि शिखर नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, आयआर्जन, बाल संरक्षणको क्षेत्रमा कार्यक्रम संचालन गर्दै आईरहेको छ ।