Advertisement
SKIP THIS
सुदूरपश्चिम सरकारद्वारा बयालपाटा अस्पताललाई ८ करोड बिनियोजन

अछाम:सुदूरपश्चिम प्रदेश सरकारले अछाम स्थित बयालपाटा अस्पतालका लागि ८ करोड रकम बिनियोजित गरेको छ । आर्थिक मामिला मन्त्री माननिय प्रकाश बहादुर शाहले अस्पतालका लागि ८ करोड रकम बिनियोजित गरेको बताए ।

प्रदेश सरकारको आज प्रस्तुत बजेट भाषणमा मन्त्री शाहले बयालपाटा अस्पतालको सुदृढीकरण तथा पूर्वाधार विकासका लागि भनेर ८ करोड रकम बिनियोजित गरेको उल्लेख गरे ।

यस अघि गत बर्ष प्रदेश सरकारले बयालपाटा अस्पतालका लागि ७ करोड रकम बिनियोजित गरेको थियो ।

नेपाल सरकारसंग साझेदारीमा न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालले सुदूर पहाड तथा कर्णाली प्रदेशका समेत केही जिल्लाका नागरिकलाई निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा दिदैँ आएको छ ।

तपाईको प्रतिक्रिया