Advertisement
SKIP THIS
कोरोना संक्रमीतको नि:शुल्क उपचार गर्ने ८३ वटा अस्पताल यी हुन्

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको नि:शुल्क उपचार हुने व्यवस्था गरेको छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको नि:शुल्क उपचारका लागि सम्झौता गर्दै आइरहेको छ।

मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको नि:शुल्क उपचार हुने छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र निस्शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।

यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितको अस्पतालले निस्शुल्क उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीको भनाइ छ।

नि:शुल्क भित्र के के पर्छ ?

१. सामान्य रगत परीक्षण ९जस्तैस् सिरम, युरिया, क्रियटिनिन्, सुगर, सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी (आदी)

२. छातीको एक्सरे

३. उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि

४. बिरामीको शय्या शुल्क

५. खाजा तथा खाना सहित चार छाक

६. चिकित्सक तथा नर्सको राउन्ड सेवा

७.अक्सिजन

तर, यी सेवा नि:शुल्क छैन

१. आइसीयू बाहेकका बिरामीमा पिसिआर

२. रेम्डिसिभिर

३. प्लाज्मा थेरापी

४. सिटी स्क्यान

५. हायर एन्टिबायोटिक्स

यी हुन् नि:शुल्क उपचार हुने ८३ अस्पताल

तपाईको प्रतिक्रिया