Advertisement
SKIP THIS
बयालपाटा अस्पतालमा आपतकालिन औषधिको अभाव,नेबिसंघ र सिडेनको सहयोग

निराकरण सम्वाददाता अछाम: बयालपाटा अस्पतालमा बिगत १० दिन देखि कोरोना संक्रमित भई उपचार गराईरहेका र तिनका कुरुवालाई नि शुल्क “पौष्टिक खाजा” खुवाईरहेका नेपाल बिद्यार्थी संघ र सेन्टर फर डिमोक्रेटिक इन्जिनियर्स सिडेन नेपाल अछामले अस्पताललाई औषधि समेत सहयोग गरेको छ।

बयालपाटा अस्पतालको आकस्मिक कक्षमा सबै भन्दा बढी आवश्यक परिरहेने विभिन्न ५ प्रकारका औषधिको शनिबार सहयोग गरेको हो।

कोरोना महामारी,अस्पताल समेत औषधि खरिद टेन्डर प्रक्रियामा रहेका कारण ,अस्पतालको आकस्मिक कक्षमा सबैभन्दा बढी आवश्यक परिरहने आैषधिको अभाव रहेको छ।

अस्पतालको आकस्मिक कक्षमा सबैभन्दा बढी प्रयोग भईरहने आैषधि नभएको खबर भएपछि आफू हरुले थोरै भएपनि बजारबाट किनेर औषधि सहयोग गरेको नि शुल्क “पौष्टिक खाजा” खुवाउने अभियान्ता उमेश कुवरले बताए ।

आकस्मिक कक्षमा सबैभन्दा बढी प्रयोग हुने औषधि
सहयोग गरेकोमा आकस्मिक कक्षमा ईन्चार्ज छत्र साउदको विशेष धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया