अछाम:समाजसेवी सुरत भुलले न्याय हेल्थ नेपाल बयालपाटा अस्पताललाई ५१ हजार ५ सय ५५ रुपयाँ आर्थिक सहयोग गरेका छन् ।
साँफेबगर नगरपालिका घर भएका समाजसेवी भुलले बयालपाटा अस्पतालले बिरामीको दोश्रो जीवन दिने काम गरेको भन्दै आफुले सहयोग गरेको उनले बताए ।
यस्तो कोरोनाको कहरमा अस्पतालले निशुलक रुपमा जनताको सेवा दिनुका साथै कोरोनाका बिरामीको पनि उपचार गरिरहेको भन्दै आफुले सहयोग गरेको उनको भनाइ छ ।
नगरपालिका वडा नं. २ निवासी भुल बैद्यनाथ क्षेत्र विकास संस्थाका सदस्य हुन् ।
यस्तो प्रकारको सहयोगले अस्पताललाई थप सेवा दिन र दिर्घकालिन रुपमा सेवा कायम गर्न मदत पुग्ने अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताए ।
महामारीको बेला अस्पतालले श्रोत साधनले भ्याएसम्म सेवा प्रवाह गरिरहेको उनको भनाई थियो ।