मान्छे मर्ने सिजन चलेको यो रोकिदै रोकिदैन
कुर्सी चिन्ने सरकारको अगाडि जनता चिनिदैन
सांसद किन्ने हैसियत राख्छ देशको सरकार
शैयामा छट्पटीदै जनता अक्सिजन दिदैन्
सरकार खोज्दै हिडेको एक मनुवा म पनि हु,
खोज्दा खोज्दै थाकियो देशमा सरकार भेटिदैन
देशको कुर्सी तान्दा तान्दै भाँचिन आँटिसक्यो
ब्वासा हरु भन्छन् मरिन्छ तर कुर्सी छोडिदैन
सुशील भण्डारी (परिश्रमी )
मंगलसेन न•पा ६,अछाम