निराकरण सम्वाददाता अछाम:अछाममा एकै बिधालयका १५ जना बिधार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका वडा नं ५ कालीकाको नन्दा माध्यमिक बिधालयका १५ जना बिधार्थीमा कोरोना संक्रमण पुष्टी भएको हो।
बान्नीगढी जयगढ गाउँपालीका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले दिएको जानकारी अनुसार सोमबार एन्टीजेन्ट बिधिबाट परिक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो।
२४ जना बिधार्थीमा एन्टीजेन्ट बिधिबाट परिक्षण गर्दा १० छात्र र ५ छात्रामा कोरोना संक्रमण पुष्टि भएको हो।४/५ दिन देखि बिधार्थीमा रुखा खोकि र ज्वरो आईरहेको हुदा नमुनाका लागि परिक्षण गर्दा उनिहरुमा कोरोना पुष्टि भएको हो। हाल १० जना शिक्षकको समेत स्वाव संकलन गरि कमबजार प्रयोगशाला पठाईएको सुचना अधिकारी वसन्त रावलले बताए ।