Advertisement
SKIP THIS
कुलङ्गार कलाकार झै गीत गाउन थाल्यो

कुलङ्गार कलाकार झै गीत गाउन थाल्यो
भलो बोली आफ्नै मेट्न मीत लाउन थाल्यो
माग्नुपर्छ ईश्वर भित्रै, ईमान मास्नुहुन्न
कलिकाल कस्तो ईच्छा? धित पाउन थाल्यो !

बग्ने पानि समयको प्रतिबिम्ब नै हो
प्रतिशोध आजभोली जित धाउन थाल्यो
कस्लाई हेर्नू छ र यहाँ समयको मेला
सुदर्शन कलिकाल प्रीत लाउन थाल्यो ??

पुतलीको पुच्छर जल्दा जुनकिरी भन्ने?
अन्धभक्त छायो हजुर रित आउन थाल्यो !!

अमरदिप शर्मा साफेबगर नगरपालिका प्रशासकिय अधिकृत हुन ।

तपाईको प्रतिक्रिया