Advertisement
SKIP THIS
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट

काठमाडौं:अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बुधबार ठूलो गिरावट आएको छ। एसियाली बजारमा बुधबार बिहानैदेखि तेलको भाउ ओरालो लाग्ने क्रम सुरु भएको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ताहरू भइरहेको अभिव्यक्ति दिएपछि लगानीकर्ताहरूमा उत्साह देखिएको छ, जसका कारण तेलको मूल्यमा भारी गिरावट आएको हो ।

बुधबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९७.६५ अमेरिकी डलर कायम भएको छ। अघिल्लो दिन मात्रै यसको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो।

त्यसैगरी, अमेरिकी बजारमा कारोबार हुने तेलको मूल्य पनि ६ प्रतिशतले घटेर प्रति ब्यारेल ८६.७७ डलर पुगेको छ। यद्यपि, हालको मूल्य इरान युद्ध सुरु हुनुभन्दा अघिको तुलनामा अझै पनि निकै उच्च रहेको छ।

तपाईको प्रतिक्रिया