अछाम:अछाममा अटो दुर्घटना हुदाँ २ जना गम्भीर घाइते भएका छन ।मंगलबार बिहान ११ बजे जिल्लाको साँफेबगर नगरपालिका खालसैनस्थित टमटावडा नजिक साँफेबगर-मेल्लेख कच्ची सडकमा अटो दुर्घटना भएको हो।
चालक सोही ठाउँका ३७ बर्षिय शंकर टमटाले चलाएको सु.प.प्र.०१-००१ ह ६९८५ नम्बरको अटो सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना हुँदा चालकको टाउको र ढाडमा चोट लागेको र अवस्था गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ।
यस्तै सोही अटोमा सवार सोही ठाउँका ४५ बर्षिय पुरन टमटाको टाउकोमा चोट लागेको र उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ।
यस्तै अटोमा सवार सोही ठाउकि ६० बर्षिय गंगा टमटाको टाउको, दाहिने हात र बाँया आँखीभौँमा चोट, अवस्था मध्यम रहेको छ।घाइते चालक शंकर टमटा र अटोमा सवार पुरन टमटालाई थप उपचारका लागि सुर्खेत पठाईएको प्रहरीले जनाएको छ।









