Advertisement
SKIP THIS
होटलमा सुरक्षित राखिदिन्छु भन्दै जबर्जस्ती गर्न खोज्ने चालक अछाममा प्रकाउ

अछाम:होटलमा सुरक्षित राखिदिन्छु भन्दै जबर्जस्ती गर्न खोज्ने इभी चालक अछाममा प्रकाउ परेका छन् । धनगढीबाट अछाम आउदै गरेको बा.प.प्र.०१-००२ ख ९१६९ नं.को इभी भ्यानका चालक डोटीको जोरायल गाउँपालिका २ गरुडका २३ बर्षिय ललित खत्री जबर्जस्ती करणीको अभियोगमा साँफेबगरबाट १९ गते आइतबार प्रकाउ परेका हुन।

उनले असोज १८ गते डडेल्धुराको स्याउलेबाट दिपायल सम्म आएकि सुर्खेतकि १७ वर्षीया बालिकालाई दिपायल आएपछि रातको समयमा होटलहरू सबै बन्द भएकोले सुरक्षित राखिदिन्छु भन्दै झुक्याएर १९ गते विहान ७ बजे मंगलसेनको एक गेष्ट हाउसमा लगी जबर्जस्ती गर्न खोजिएको भन्दै उनलाई प्रकाउ गरिएको हो।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा चालक खत्रीलाई दिपायलतर्फ गाडी लिई जाँदै गरेको अवस्थामा साँफेबगर हाटबजारबाट नियन्त्रणमा लिईएको अछाम प्रहरीले जनाएको छ।प्रकाउ परेका उनलाई जबर्जस्ती करणी उद्योगमा जाहेरी लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया