Advertisement
SKIP THIS
अछाममा सञ्चालनमा आयो निर्माण सामाग्रीको गुणस्तर परिक्षण गर्ने प्रयोगशाला

अछाम:अछाम जिल्लामा पहिलोपटक निजिक्षेत्रको लगानीमा निर्माण सामग्रीहरुको गुणस्तर परिक्षण गर्नेछ प्रयोगशाला स्थापना गरिएको छ।

जिल्लाको साँफेबगर नगरपालिका ४ मा लक्ष्मी इन्फ्राटेक प्रा.ली. द्वारा सिभिल इन्जिनियरिङ सम्बन्धि निर्माण कार्यमा आवश्यक वस्तुको गुणस्तर नाँपजाच गर्ने प्रयोगशाला स्थापना भएको हो।शनिबार उप्त प्रयोगशालाको साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुँवरले उद्घाटन गरे।

अछाम जिल्ला सरकारी कार्यालयहरुमा मात्रै निर्माण सामाग्रीहरुको गुणस्तर परिक्षण हुने कार्यालयहरुले आफ्नो मात्रै योजना आयोजनाका परिक्षण गर्ने गरेकाले अन्य कार्यलयले प्रयोगशालाको रिपोर्ट माग्ने गरेका कारण निर्माण ब्यावसायीहरुलाई असहज हुने गरेको थियोे ।

साँफेबगरमै प्रयोगशाला सञ्चालन आएपछि यश क्षेत्रमा निर्माण ब्यावसायीहरुलाई निर्माण सामाग्रीहरुको गुणस्तर परिक्षण गर्न सहज हुनेछ ।

तपाईको प्रतिक्रिया