अछाम:मातृभुमि जागरण अभियानका संयोजक डा. भीम रावलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला १५ वटा काण्डले उनको चरित्र उदांगो भएको बताएका छन्।
मंगलबार बिहान सामाजिक संजालमा लेख्दै रावलले ओलीका विभिन्न १५ वटा काण्डको बेली विस्तार लगाउँदै देश र जनताप्रतिको जिम्मेवार चरित्र र प्रवृत्तिलाई उदाङ्गो पारेको बताएका हुन्।
भूमाफिया, दलाल र बिचौलियाहरुको स्वार्थपूर्ति गर्न अध्यादेश ल्याउने र अध्यादेशमा छलफल गर्न सांसदहरुलाई रोक्ने देखि फौजदारी अभियोग लागेकाहरुलाई कारबाही गराउनुकोसट्टा उल्टै पुरस्कृत गर्नेसम्मका काण्डहरु रावलले औंल्याएका छन्।