Advertisement
SKIP THIS
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ,सुकुम्बासी नरहेको खुलासा

काठमाडौं : संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार (वैशाख ११) बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार, परिश्रमी आफैँ भने सुकुम्वासी नरहेको खुलेको छ । “हामीले नारायणलाई नियन्त्रणमा लिएका छौँ,” एसपी भट्टराईले  भने,  “पहिला पनि उहाँको भूमिका शंकास्पद देखिएको थियो । त्यही कारण हामीले योपटक पहिला नै पक्राउ गरेका हौँ ।’’

काठमाडौं महानगरपालिकाले यसअघि थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन खोज्दा परिश्रमीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका परिसरले जनाएको छ । त्यति बेला पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया