Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिका सरुवा पछि शाखा अधिकृत गणेश घिमिरेले दिए राजिनामा

अछाम:अछामको मेल्लेख गाउँपालिकामा सरुवा भएका शाखा अधिकृत गणेश घिमिरेले राजिनामा दिएका छन।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, सिंहदरबारमा कार्यरत शाखा अधिकृत घिमिरेले निजामती सेवाबाट राजीनामा दिएका हुन।

केही ‘जेन जेड’ कर्मचारीको नेतृत्व गर्दै सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ सञ्चालन गर्दै आएका घिमिरेको सरुवा अछाममा भएपछि उनले पद त्याग गरेका हुन्।

घिमिरेले सोमबार आयोगका सचिव दिनेश कुमार घिमिरेसमक्ष हस्तलिखित राजीनामा पत्र बुझाएको जानकारी दिएका छन्। सचिवसमक्ष पेश गरिएको पत्रमा आफू २०६७ सालदेखि निरन्तर रूपमा निजामती सेवामा रही सेवा गर्दै आएको उल्लेख गर्दै उनले हाल नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्र तृतीय श्रेणीको शाखा अधिकृत पदमा कार्यरत रहेको जनाएका छन्।

राजीनामा पत्रमा उनले निजामती सेवा नियमावली, २०५० को नियम १२८ बमोजिम सोमबारदेखि लागू हुने गरी स्वेच्छाले पद त्याग गरेको व्यहोरा उल्लेख गरेका छन्।

सार्वजनिक प्रशासन सुधारका नाममा विभिन्न मागहरू अघि सार्दै अभियान चलाइरहेका घिमिरे सरकारको पछिल्लो निर्णयअनुसार स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई स्थायी रूपमा पदपूर्ति गर्ने प्रक्रियाअन्तर्गत सरुवा हुँदा अछामको मेल्लेख गाउँपालिका पुगेका थिए।

तपाईको प्रतिक्रिया