Advertisement
SKIP THIS
अछाममा एक बिद्यार्थीले रेडियो स्टेशननै बनाए (भिडीयो सहित)

तारामान खड्का अछामःअछाममा एक जना बिद्यार्थीले रेडियो स्टेशननै बनाएका छन । जिल्लाको मेल्लेख गाउँपालीका ७ नन्नदेगडा दुर्गादेवि माध्यमीक बिद्यालयमाकक्षा १० मा अध्यनरन बिद्यार्थी टेक बहादुर साउँदले घरमै रेडियो स्टेशन बनाएका हुन ।उनले बनाएका दुई रेडियो स्टेशनहरु फ्रिक्वान्सी ७५.५ मेगाहर्ज र १०८ मेगाहर्जमा एउटा रेडियो र ९६मेगाहर्जमा अर्को रेडियो लाग्ने गरेको उनले बताए । हाल यी दुबै रेडियो स्टेशनहरु बाट बोलेको र गित बजाएको करिव १ किलोमिटर सम्म टिप्ने गरेको छ छ ।गाँउघरमा भएका पुराना रेडियो र मोबाइलका ब्याट्रीहरुलाई प्रयोग गरि बनाएको उनि बताउछन । ३ महिना लगाएर रेडियो स्टेशन बनाएको, रेडियो स्टेशनबाट माईकमा बोले पछि ३ ओटा फ्रिक्वान्सीमा रेडियो बज्ने गरेका र मोबाईलबाट बजाएका सामाग्री समेत रेडियोका माध्यमबाट प्रशारण हुने गरेको छ ।

आफुले आवश्यक सामाग्री पाएको खण्डमा सिंगो अछाम जिल्लाभरि सम्म टिप्न सक्ने रेडियो बनाईदिने बिद्यार्थी टेक बहादुर साउँद बताउछन । हालसम्म कहिकतैबाट सहयोग नपाएको सहयोग पाएको खण्डमा अन्य सामाग्री समेत बनाउन सक्ने हाल रेडियो साथै बिग्रेका बिद्युतिय बल्बहरु जोडेर ठुलो बल्ब बनाएको र कृर्षी कार्यको लागि धान बताउने पंखा बनाएको उनि बताउ छन ।यस्तै आफुले आवश्यक सामाग्री र ज्ञान पाएको खण्डमा रोर्बट,रिमार्टले चल्ने गाडि बनाउन सक्ने बताउछन ।

घरको आर्थीक अवस्था दयनिय रहेको उनका बुवा रोजगारीका लागी भारत गएका छन । यस्ता सामाग्री बनाएकोमा बिद्यालयबाट शिक्षकहरुले हौसला प्रदान गरिरहे पनि गाउघरको सिंहदवार भनिएपनि स्थानिय तहबा कुनै सहयोग नपाएको उनि बताउछन । प्रयास गरेपछि चाहेको प्रबिधी बनाउन सकीने १ /२ पटकको प्रयासले सफल नभइने सफल हुनका निरन्तर प्रयास गर्नुपर्ने उनि बताउछन ।आफुले भबिष्यमा प्रबिधीको क्षेत्रमा केहि गरौं भन्ने सोच बनाएको तर घर परिवारको आर्थीक अवस्था कमजोर भएको बताए ।

भिडीयो

तपाईको प्रतिक्रिया