Advertisement
SKIP THIS
न्यायाधीश भण्डारी उच्च अदालत जनकपुरमा सिफारिस

निराकरण खबर अछाम:न्याय परिषद्ले नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन सिफारिस गरेको छ। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को मंगलबारको बैठकले नवनियुक्त न्यायाधीशको पदस्थापनका साथै ८२ न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ। 

पदस्थापन सिफारिस अनुसार अछामका मात्रिकाप्रसाद भण्डारीलाई उच्च अदालत जनकपुर खटाएको छ। उनि सँगैओमप्रसाद अर्याल, ध्रुवकुमार पिया, खेमराज भट्ट, र नरबहादुर खड्का जनकपुरमा खटिँदै छन्।

तपाईको प्रतिक्रिया