Advertisement
SKIP THIS
रवि लामिछानेले कान्तिपुरविरुद्ध मुद्दा हाले

काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । उनले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत कान्तिपुरविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिदै कान्तिपुरले दावी गरेको सहकारी सम्बन्धी आरोपमा आफ्नो कुनै तथ्य नरहेको बताएका छन् । त्यस्तै उनले भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको समेत जानकारी गराएका छन् । लामिछानेले हालेको मुद्दामा कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, इकान्तिपुर लगायतलाई पनि प्रतिवादी बनाइएको छ । कान्तिपुरले प्रकाशन गरेको समाचारका कारण पारिवारिक तथा राजनीतिक प्रतिष्ठामा नोक्सानी भएको भन्दै लामिछानेले सांकेतिकरुपमा १५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

उनले लेखेका छन्, ‘
एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो। मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’

तपाईको प्रतिक्रिया