Advertisement
SKIP THIS
आज र भोलि सार्वजनिक बिदा

काठमाडौं:सोमबार (पुस ९) र मंगलबार (पुस १०) लगातार सार्वजनिक बिदा हुने भएको छ।

गृह मन्त्रालयका अनुसार भोलि (डिसेम्बर २५) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डेका लागि सार्वजनिक बिदा दिइएको छ।

यसैगरी लगत्तै पुस १० गते पनि किराँत समुदायको उधौली पर्व, योमरी पुन्ही, ज्यापू दिवस (धान्य पूर्णिमा) परेकाले सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया