Advertisement
SKIP THIS
प्रविधि मैत्री बन्दै अछाम प्रहरी:अब क्युआर मार्फत गुनासो राख्न सकिने

निराकरण खबर अछाम:जिल्ला प्रहरी कार्यालय अछामले आफ्नो सेवालाई प्रभावकारी बनाउन क्युआर कोड प्रयोगमा ल्याएको छ । मंगलबार अछाम प्रहरी प्रमुख सन्तोष पाठकले क्युआर कोड सार्वजनिक गरे।

प्रहरी सेवालाई थप आधुनिकीकरण गर्दै नागरिकका गुनासो तथा सुझाव यथाशीघ्र सम्बोधन गर्न क्युआर कोड प्रचलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।

परम्परागत तरिकाबाट सेवा दिइँदै आएकोमा क्युआर कोड प्रचलनमा आएसँगै सेवामा नागरिकलाई सहजतासँगै पहुँच वृद्धि र छिटो सेवा प्रवाह हुने प्रमुख पाठकले बिश्वास गरे।

नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोगमा ल्याइएको क्युआर कोड प्रचलनमा आएसँगै अब नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुधारका लागि घर वा आफू बसेको स्थानबाट प्रविधिमार्फत जानकारी दिन वा उजुरी गर्न सक्ने पाठकले बताए ।

नागरिकलाई आफ्ना सुझाव, कुनै गुनासा, उजुरी वा निवेदन दिन प्रहरी कार्यालयसम्म पुग्नुपर्ने छैन ।

तपाईको प्रतिक्रिया