Advertisement
SKIP THIS
रामारोशनमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि

निराकरण खबर अछाम:अछामको पर्यटकीय क्षेत्र रामारोशनमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । बिभीन्न ३५ बढी देशका नागरिक रेन्बो फेमली नामक समुहलाई अनुमती नलिएको भन्दै जिल्ला प्रशासन कार्यालय अछामले १ हप्ता सम्म अछामका सिमानामा रोकीपछि चर्चामा आएको रारोशनमा पछिल्लो २ महिनामा आन्तरिक ६ सय २ र बिदेशी ९सय ७ जनाले रामारोशन क्षेत्रको अवलोकन गरेका रामारोशन पर्यटन बिकास समिती निर्देशक गगाा कुमारी कुँवरले बताईन ।

बिगतमा यो सिजनमा ४ सय को हाराहारीमा पर्यटक आउने गरेका तर यो बर्ष रेन्बो फेमली नामक समुहबाट आएपछि आन्तरिक पर्यटक समेत बढेका,बिगतमा आन्तरिक पर्यटकमा अछामका नागरिकहरु आउने गरेकामा यसपटक बाजुरा, डोटी कैलाली ,बर्दीया काठमाण्डौबाट आन्तरिक पर्यटक भित्रीएका निर्देशक कुँवरले बताईन ।

रामारोशन अछामको मात्रै नभई सुदूरपश्चीमको पर्यटकी तथा धार्मीक क्षेत्र हो । बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला घासे मैदान रहेका छन । समुद्री सतहबाट २ हजार ५० मिटरदेखि ३ हजार ७ सय ९२ मिटर उचाइमा रहेको रामारोशन प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे लगायत जडीबुटीले भरिपुर्ण ठाउँ हो । तत्कालिन बिद्रोही माओबादीले रामारोशन क्षेत्रलाई आफ्नो आधार ईलाका बनाएको थियो ।

रामारोशनमा सुनिबन गेराहा, जींगले,बाटुल्ला,लामादह,लिप्सेडाली,तल्लो धौने,माथील्लो धौने,गाग्रे,रामे, ताउलो,डउटे,दल्लेना १२ ताल र बाउलेगडा, रामे,चाका चक्रपथ,रोशन जस्ता १८ पाटन रहेका छन । रामारोशन पुग्दा हरेक कोहीलाई अलौंकीक आन्नद आउछँ ।दशै तिहारको बिदामा गृह जिल्ला आएकाहरु र नयाँ बर्षमा रामारोशन क्षेत्रमा घुम्न जाने गरेका छन ।

तपाईको प्रतिक्रिया