Advertisement
SKIP THIS
ढाका कुमारलाई पैसा मागेको प्रमाण पेस गर्न रास्वपाको चुनौती

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्व सांसद डा. ढाका कुमार श्रेष्ठले पार्टीका केन्द्रिय सदस्यले मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  साथै पार्टीको कुनै तहको पदाधिकारी वा केन्द्रिय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. ढाका कुमार वा जो कोही आएपनि पार्टीले त्यस्ता सदस्यलाई प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ

बुधबार विज्ञप्ती जारी गर्दै ढाकाकुमारलाई पार्टीबाट कसैले पैसा मागेको हो ? भनी सोध्दा उनले इन्कार गरेको उल्लेख गरेको छ । विज्ञप्तीमा ढाका कुमारलाई स्पष्टिकरणको मौका दिइएको बताइएको छ । सो क्रममा उनले आफूलाई जोगाईदिनुपर्यो, नत्र पार्टीको जोकोहीको नाम पोल्दिन्छु, पार्टीलाई सक्काइदिन्छु भनेर धम्की दिएको र सो धम्कीको अडियो पार्टीसँग सुरक्षित रहेको बताइएको छ । 

साथै ढाका कुमार श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दावी गरेपनि प्रमाण पेश गर्न नसकेको बताएका छन् । साथै को रटिम पनि खुलाउन नसकेको विज्ञप्तीमा उल्लेख छ । पार्टीले ढाका कुमारले बिभिन्न संभारमाध्यममा नाम लिएका केन्द्रिय सदस्य मोहनजंग थापासँग सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 

तपाईको प्रतिक्रिया