Advertisement
SKIP THIS
अछामका नदिमा खुलेआम करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरि माछा मारिदै

निराकरण खबर अछाम :अछामका नदिमा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरि माछा मार्ने क्रम बढ्दै गएको छ।जिल्लाका बुढीगंगा नदि कैलाश खोला लगायतका अन्य खोलाहरुमा करेन्ट लगाएर तथा विस्फोटक पदार्थ प्रयोग गरि माछा मार्ने गरेका छन।

माछा मार्न खोलामा करेन्ट लगाउने क्रम बढ्दै गएपछि माछा हराउँदै गएको नदि क्षेत्रमा लामो समय देखि माछा मार्ने
स्थानीयहरुको अनुभव छ। जेनेरेटर, ब्याट्री र इन्भर्टरको प्रयोग गरेर माछा मार्ने गरिएको स्थानीय बताउँछन्। खुलेआम नदिमा करेन्ट लगाएर तथा विस्फोटक पदार्थ प्रयोग गरि माछा मारीरहेपनि नियन्त्रणमा कुनै निकाय ध्यान दिएको छैन ।

करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य हो। करेन्ट प्रयोग गरी कुनै जलचर समात्न तथा मार्न झन्डै अढाइ दशकअघि नै प्रतिबन्ध लगाइएको हो। २०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा उल्लेख छ, ‘कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन।’ सो ऐनको उक्त प्रावधान उल्लंघन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।  

जलचर संरक्षण ऐनमा २०७५ सालमा भएको संशोधनले ‘प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्रभित्र जलचरको संरक्षण गर्नुपर्ने’ व्यवस्था गरेको छ। तर, यसतर्फ प्रदेश सरकार र स्थानीय सरकारले खासै ध्यान दिएको देखिँदैन। 

तपाईको प्रतिक्रिया