Advertisement
SKIP THIS
मेयर बोहराले ब्यापारीका फलफूल र तरकारी सडकमा फालिदिए

अछाम: अछामको मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले पसलमा बिक्रीको लागी राखिएका ब्यापारीका फलफुल हरु सडकमा हिर्काईदिएका छन।

मेयर बोहराले मंगलसेन बजारमा फलफूलको ब्यापार गर्दै आएका भोला चौधरीको पसलमा बिक्रीमा राखिएका फलफुल हरु उठाएर सडकमा फ्याकी दिएका हुन् । फलफूल बिक्री गरेर आफ्नो रोजिरोटी चलाउदै आएका चौधरीले आफुमाथी नगर प्रमुखले अन्याय गरेको भन्दै दुख व्यक्त गरे ।

यता मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले सर्वदलीय सर्वपक्षीय बैठकबाट बजार भित्रमा कृषि जन्य बस्तु बिक्री गर्न रोक लगाईएको बताए ।

कृषि जन्य बस्तु बिक्रीका लागि नगरपालिकाले बजार क्षेत्रकै एक ठाउँमा कृषि उपच बनाईको तर ब्यापारीहरुले लामो समयदेखि सो क्षेत्रका सटर भाडामा लिई भाडा समेत नतिरी निषेध गरेको ठाउँमै बिक्री गरेका कारण आफैंले फालेको बताए ।

कृषि हाटबजारमा बिक्री बितरण गर्न नगरले पटकपटक चेतावनी दिदा पनि उनले नगरको निर्णय लाई बेवास्ता गरेकोले फलफुल तरकारी हरु सडकमा फाल्न बाध्य भए

तपाईको प्रतिक्रिया