Advertisement
SKIP THIS
छुट्टाछुट्टै मनायो नेबिसंघ अछामले स्थापना दिवस

निराकरण खबर अछाम: नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ अछामले आफ्नो ५४ औँ स्थापना दिवस छुट्टाछुट्टै गरि मनाएको छ।

स्थापन पक्षका खेमराज खड्का नेतृत्वको स्थापन पक्षले बयालपाटा अस्पतालमा स्थापना दिवस मनाउदा उमेश कुँवर नेतृत्वको इतर पक्षले समेत बयालपाटा अस्पतालमा आफ्नो ५४ औँ स्थापना दिवस मनायो ।

खेमराज खड्का नेतृत्वको नेबिसंघ अछामले बिहान ११ बजे बयालपाटा अस्पतालमा फलफुल बितरण सहित रक्तदान गर्दा दिउँसो १ बजे उमेश कुँवर नेतृत्वको नेबिसंघले समेत बयालपाटा अस्पतालमा रक्तदान सहित फलफूल बितरण गर्यो।

कार्यक्रम सहभागी अथितिहरुले जिल्लाको पार्टी नेतृत्वको कारण अछाम नेबिसंघका दुई कार्यसमिति भएको बताए । नेबिसंघ अछामलाई एकढिक्का बनाउन जिल्लाको नेतृत्व मौन बसेको भन्दै यहि अवस्था रहे पार्टी नेतृत्वमा समेत असर पर्ने बताए ।

विक्रम सम्बत २०२७ साल बैशाख ६ गते काठमाडौको स्वयम्भुको सत्तलमा सन्त नेता स्वर्गिय कृष्णप्रसाद भट्टराईले नेविसंघको स्थापना सभाको उद्घाटन गरेका थिए । त्यसयता बैशाख ६ लाई नेविसंघले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया