Advertisement
SKIP THIS
नेबिसंघको आज ५४ औँ स्थापना दिवस

अछाम: नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थीसंघको ५४ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । स्थापना दिवसको अवसर पारेर नेविसंघले देशभर, सुभकामना आदान–प्रदानलगायत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विक्रम सम्बत २०२७ साल बैशाख ६ गते काठमाडौको स्वयम्भुको सत्तलमा सन्त नेता स्वर्गिय कृष्णप्रसाद भट्टराईले नेविसंघको स्थापना सभाको उद्घाटन गर्नुभएको थियो । त्यसयता बैशाख ६ लाई नेविसंघले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

स्थापना दिवसको अवसरमा नेविसंघ केन्द्रीय समिति र जिल्ला समितिहरुले विभिन्न कार्यक्रम आयोजना गरि मनाउँदै छन।

तपाईको प्रतिक्रिया