Advertisement
SKIP THIS
कैलालीका लागुऔषध सहित दुई जना पक्राउ

धनगढीः कैलालीका लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।

४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित गोदारी नगरपालिका–७ का २८ वर्षीय पदम साउँदसहित दुई जनालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको हो।

तपाईको प्रतिक्रिया