Advertisement
SKIP THIS
सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम चौमालामा सुुरु

सुखड :कैलालीको गौरीगंगा नगरपालि–१ चौमालामा सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सुरु भएको छ । नेपाल मेलमिलापकर्ता समाजको प्राबिधिक सहयोग र न्यायिक समितिको आयोजनामा आधारभूत तालिम सुरु भएको हो । न्यायिक समिति सदस्य मदन नेपालीको सभापतित्वमा कार्यक्रम सुरु भएको छ ।

अतिथिहरूमा गौरीगंगा नगरपालिका प्रशासकीय अधिकृत हरि प्रसाद भट्ट, उप–सचिव हरिस पन्त, नगर स्तरीय मेलमिलाप संयोजक हेमन्त राज जोशी(बाजे) लगायत रहेका थिए । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय स्तरमा हुने सानातिना झैँ–झगडा र विवादहरूको समुदायमा भएका मेलमिलापकर्ताहरुको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । तालिमले मेलमिलाप कर्ताहरूको सहरीकरणमा क्षमता अभिवृद्धि हुने बताए ।तालिममा गौरीगंगा नगरपालिका १ देखी ११ वडाका २५ जनाहरूको सहभागिता रहेको छ ।

तालिममा सर्वोच्च अदालतको मेलमिलाप परिषद्ले तयार पारेको पाठ्यक्रमका आधारमा विभिन्न विषय अन्तर्गत विवाद र यसको स्वरूप,विवादका श्रोत तथा कारण,विवाद बढ्ने चरण,समाधानका वैकल्पिक उपायहरू,मेलमिलापकर्ताहरुको गुण तथा भूमिका,सहजीकरण सिप,सोधपुछ वा प्रश्न गर्ने सीप लगायतका विषयहरू सिकाइने बताईएको छ । वैशाख ११ गते सम्म सञ्चालित हुने उक्त तालिमको सहजीकरण अधिवक्ता रोहित देउवा र गणेश कडायतले गरी राख्नु भएको छ । कार्यक्रमको संचालन कानुन अधिकृत जयन्द्र ठकुल्लाले गरेका थिए ।

तपाईको प्रतिक्रिया