Advertisement
SKIP THIS
नेपाल ट्रेड युनियन कांग्रेस अछामको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अछाम: नेपाल ट्रेड युनियन कांग्रेस अछामले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलसेनमा भएको कार्यक्रममा नेपाल ट्रेड युनियनमा आबद्ध प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरूले एक आपसमा शुभकामना आदानप्रदान गरे।

नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष चित्रराज बजगाइको अध्यक्षता मा सुरु भयको कार्यक्रममा नेपाली काङ्ग्रेस अछाम का कार्यबाहक सभापति नयाराम बजगाई प्रमुख अथिती रहेका थिए ।

शुभकामना मन्तव्य व्यक्त गर्दै बजगाइले उचित पारिश्रमिक र सुरक्षाको ब्यवस्था भए मात्रै श्रमजीविहरुको रक्षा हुने बताए । गरि ट्रेड युनियन काङ्ग्रेसको प्राप्त बलले पार्टीलाई थप मजबुत बनाइ राख्ने धारणा राखे।

महाधिवेशन प्रतिनिधि अप्सरा कुवरले पार्टी र संगठन भित्र निरन्तर रुपमा खटिरहनेको भन्दा पनि अवसर बादिहरु बढी लाभान्वित हुने गरेकाले सहि मुल्यांकन गर्नु पर्ने कुरामा जोड दिईन।

कार्यक्रममा नेपाल प्रेस युनियन अछामका अध्यक्ष टंक प्रसाद रिमाल, ट्रेड युनियन काङ्ग्रेसमा आबद्ध प्रतिस्ठानका प्रमुख तथा प्रतिनिधि,पालिका स्तरिय प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधि लगायतले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रमको संचालन ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष नृप केसी गर्नु गरेका थिए ।२० वटा प्रतिष्ठानहरु आबद्ध रहेको नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामको जिल्लाअधिबेशन यहि बैशाख ९ गते हुनेछ ।

तपाईको प्रतिक्रिया