Advertisement
SKIP THIS
सुदुरपश्चीममा सबैभन्दा कम बेरुजु अछामको बान्नीगढी र सबैभन्दा बढी दार्चुला शैल्यशिखर नगरपालिकामा

निराकरण खबर अछाम:सुदुरपश्चीममै कम बेरुजु आउनेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका पहिलो नम्बरमा आएको छ। महालेखाले परिक्षकको साठी औं प्रतिबेदन अनुसार सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये अछामको बान्नगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम र दार्चुलाको शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढी बेरुज आएको छ।

सुदूरपश्चिममा सबैभन्दा कम बेरुजु आएको अछामको बान्निगढी जयगढ गाउँपालिकाले कुल ९३ करोड ६७ लाख ५१ हजारको कुल लेखापरीक्षण गरेको ०.९४ प्रतिशत अर्थात ८८ लाख ४ हजार र सबैभन्दा बढी बेरुजु आएको दार्चुलाको शैल्यशिखर नगरपालिकाले १ अरब ३४ करोड ६५ लाख ९८ हजारको लेखापरीक्षण भएकोमा ११.९१ प्रतिशत अर्थात १६ करोड ३६ लाख ३ हजार बेरुजु आएको महालेखाको ६० औं प्रतिबेदनमा उल्लेख छ।

प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ । 

बान्निगढी गाउँपालिका आर्थिक वर्ष २०७७/०७८ मा अछाम जिल्लाका दश वटा स्थानीय तहहरुमा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा परेको गाउँपालिकाका लेखा अधिकृत नारद खनालले बताए ।

तपाईको प्रतिक्रिया