Advertisement
SKIP THIS
अछाममा नयाँ बर्ष,विसु पर्वको रुपमा मनाईदै, चलाईन्छ सिस्नो

निराकरण खबर अछाम: सुदूरपश्चिम प्रदेशमा आज नयाँ बर्षलाई विसु पर्वको रुपमा मनाएरहेका छन । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीबासीले विसुु पर्वका रुपमा मनाउने गरेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला अछाम,डोटी , बाजुरा बैतडी, दार्चुला, बझाङ, र डडेल्धुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको इतिहासका जानकार थिर बहादुर खड्काले बताए।बिहान सबेरै उठि नहाइदुहाई पुजा गरि सबै परिवारकाहरु घर जम्मा भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाई खाने चलन रहेको छ।

सुदूरपश्चिम प्रदेशमा विसुु पर्वमा बिषेश गरि देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो चिलाउने चलन छ।
आजको दिन सिस्नो लगाए रोग ब्याधिबाट मुक्त हुने, लोग्ने ब्याधि नलाग्ने बिश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया