Advertisement
SKIP THIS
साँफेबगरमा अतिक्रमको चपेटमा छिपेखोला

निराकरण खबर अछाम:अछामको प्रमुख ब्यापारिक केन्द्रको साँफेबगरको छिपेखोलामा ऐलानी जग्गा सँगै खोला अतिक्रम गरि स्थाई संरचना बनाउने काम तिब्र बनेको छ । स्थानियले साँफेबगर नगरपालीकाकै गेट सहित छिपेखोला समेत अतिक्रम गरि धमाधम पक्की संरचना बनाएका छन ।

२०४२ साल अघि र पछिका छिपेखोलामा आएको बाढीले बगाउदै आएको ठाउँमा स्थानियहरुले छिपेखोला साँफे मंगलसेन सडक पक्की पुल बनाएपछि खोला समेत अतिक्रम गरि स्थाई संरचना बनाएका हुन । जिल्ला नापी कार्यलय मंगलसेनको नक्सा अनुसार साँफेमा छिपेखोलाको क्षेत्रफल चौडाईमा १ सय २२ मिटर रहेपनी अहिले भने खोलाको आकार ५० मिटर समेत छैन । अहिले खोलाको क्षेत्रमा २ लाईनमा स्थानियहरुले स्थाई रुपमा घर बनाएका छन ।

पक्की पुलबाट तलको जग्गा नापी नक्सा भएको तर हालसम्म समेत कसैले दाबि नगरेको जिल्ला नापी अधिकृत दिर्घ राज पाण्डेले बताए।
बर्षाको समयमा खोलामा घर बनाएकाहरुले नै छिपेखोलाले कटान गर्यो भन्दै नगरपालीकामा जाने गरेका छन । खोला अतिक्रम बारे भने साँफेबगर नगरपालीका मालपोत कार्यालय मौन बसेका छन ।

तपाईको प्रतिक्रिया