Advertisement
SKIP THIS
हेमराज कुँवर मृत्यु प्रकरण : ५ दिन देखिको बन्द खुल्यो

निराकरण खवर अछाम:बसको ठक्करबाट मृत्यु भएका हेमराजका परिवारलाई क्षेतिपूर्ति दिने सहमति भएपछि पाँच दिन देखिको बन्द खुल्ला भएको छ ।

जिल्ला प्रशासन कार्यालय अछाममा पिडित पक्ष, सुदुरपश्चिम बस व्यवसायी प्रालिका प्रतिनिधि बिच भएको छलफलमा औषधि उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने मृतककी श्रीमतीलाई बस काउन्टरमा रोजगारी दिने हेलिकप्टर मार्फत काठमाणडौ लैजादा लागेको खर्च सुदुरपश्चिम यातायात सहमतिले बेहोर्ने सहमति भएको साँफेबगर नगरपालिका ३ का वडा अध्यक्ष कुल बहादुर कुँवरले बताए ।

चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत २४ गते मृत्यु भएको थियो । सुप्रप ०१–००१ ख ३१५४ नम्बरका गाडीले हेमराजलाई ठक्कर दिएको थियो । मृतकका श्रीमती र दुई छोरी रहेका छन् ।
 

तपाईको प्रतिक्रिया