Advertisement
SKIP THIS
बैतडीमा जिप दुर्घटना: ६ जनाको घटनास्थलमै मृत्यु

बैतडी:खोडपे–बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । गय राति झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन् ।

जिपमा सवार रहेका ५ जना सकुसल रहेका छन् । जिप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय र्बैतडीका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । चालक भने सम्पर्क बिहिन् छन् ।

तपाईको प्रतिक्रिया