Advertisement
SKIP THIS
अछाममा ४ दिनदेखि यातायात सहित बजार पूर्ण रुपमा ठप्प

निराकरण खबर अछाम: अछाममा ४ दिनदेखि यातायात सहित बजार पूर्ण रुपमा ठप्प भएको छ।

ठक्करबाट घाईते भएका साँफेबगरका ३ का २६ बर्पिय हेमराज कुँवरको उपचारको क्रममा मृत्यु भएपछि आन्दोलित भएका आफन्तले अछामको प्रमुख ब्यापारीक केन्द्र साँफेबगरमा सवारी सहित बजार बन्द गराएका हुन।आन्दोलित आफन्तहरुले बस समितिकम काउन्टर तोडफोड गरेका थिए।

उपचारको क्रममा युवकले मृत्यु भएपछि डाक्टर र बस व्यवसायी समितिको मिलीमतोमा ज्यान गएकोे मृतकका आफन्तको आरोप छ । गाडी चालकलाई कारवाहि र मृतकका श्रीमती र दुई छोरीको लालन पालनको जिम्मा लिनु पर्ने मृतकका आफन्तले माग गरेका छन ।

चैत १९ गते साँफेबगर नगरपालिका ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएको थियो । साँफेबगर नगरपालिका ३ सिद्देश्वरका २६ वर्षिय हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा यहि चैत २४ गते मृत्यु भएको हो ।

चार दिन देखि यातायात बन्द हुदाँ अछाम सहित अछाम भएर बाजुरा जाने यात्रुले शास्ति पाएका छन। नागरिक हिड्दै गन्तव्य तिर लागिरेका छन।

तपाईको प्रतिक्रिया