Advertisement
SKIP THIS
मंगलसेन नगरपालिका कार्यालय नजिकै एक घरमा आगलागी पुनेन नगरकै दमकल

निराकरण खबर अछाम:मंगलसेन सदरमुकाम नजिकैको एक घरमा आगलागी हुँदा घर पुर्णरूपमा जलेर नस्ट भएको छ । मंगलसेन नगरपालिकाको कार्यालय नजिकै घरमा आगलागी हुँदा मंगलसेन नगरपालिका बेखबर बनेको स्थानीयले गुनासो गरेका छ्न  ।

आगलागी भएर घर नै ध्वस्त भइराख्दा पनि नगरपालिकाले  दमकल नपठाएपछी आगो फैलिएर घर नै ध्वस्त बनेको पीडितको भनाइ छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ५ निवासी नारायण प्रसाद ढुंगानाको घरमा ग्यास पट्किदा आगलागी भएको प्रहरीले जनाएको छ ।

यता मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले दमकल बिग्रेको कारण पठाउन नसकिएको बताए । बिग्रेको दमकल लाई तत्काल मर्मत गर्न निर्देशन दिसकेको समेत बताए ।

आगलागी नेपाल प्रहरी,नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक  नारायण डागिले जानकारी दिए।

आगलागी भएको ५ मिनेटमै नेपाल प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो । ज्यान जोखिममा राखेर प्रहरीको टोलिले आगो नियन्त्रणमा लिएको थियो ।आगलागी भएको घर नजिकै नेपाल रेडक्रस र मंगलसेन नगरपालिका कार्यालय छन।

तपाईको प्रतिक्रिया