Advertisement
SKIP THIS
अछाममा २ दिन देखि यातायात सहित बजार पुर्ण रुपमा ठप्प

निराकरण खबर अछाम:अछाममा २ दिन देखि यातायात सहित बजार पुर्ण रुपमा ठप्प भएको छ ।चैत १९ गते साँफेबगर नगरपालिका वडा नं.७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आक्रोशीत आफन्तहरुले सडक सहित बजार ठप्प पारेका हुन ।

आफन्तहरुले साँफेबगरमा र जयगढमा बस काउन्टरमा तोडफोड गरेका छन् । डाक्टर र बस व्यवसायी समितिको मिलीमतोमा उनको ज्यान गएकोे मृतकका आफन्तको आरोप छ । उनलाई ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्वरका गाडी चालकलाई कारवाहि र मृतकका श्रीमती र दुई छोरीको लालन पालनको जिम्मा लिनु पर्ने मृतकका आफन्तले माग गरेका छन । २ दिन देखि यतायात बन्द हुदाँ अछाम र बाजुरामा यातायात प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया