Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेश ‘ख’को प्रदेश भेला सम्पन्न

टंक प्रसाद रिमाल अछाम: नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ख को प्रथम सम्मेलन कमलबजार नगरपालिका को मस्टाबण्डालीमा सम्पन्न भयको छ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोबिन्द बहादुर शाहको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम बोल्दै केन्द्रीय सदस्य शाहले नेपाली कांग्रेसले कार्यक्रम संचालन गर्दा टोल वडा देखि जिल्ला तह सम्मका सम्पुर्ण कार्यक्रमको तालमेल मिलाउनु पर्ने बताउदै पार्टीको पदिय जिम्मेवारी लिएका ब्याक्ती हरुले आ आफ्नो जिम्मेवारी बहन गरि संगठन निर्माणमा जुटनु पर्ने बताए ।

उनलेे जनप्रतिनिधि र पार्टीका मान्छे बिचको सम्बन्ध माछा र पानीको जस्तो हुनु पर्ने अछामको सिमानामा बग्ने कर्णाली नदिमा थप ३-४ वटा पक्की पुल चाडै निर्माणका लागि नेपाली काङ्ग्रेसबाट पहल भईरहेको बताए ।

कार्यक्रममा बिशिस्ट अथिती नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश कार्य समिति सह-महामन्त्री अम्बिका चलाउनेले बिगतमा कमन्युष्टको सरकार हुदाँ योजना कमिशनमा बिक्री भएका अब त्यो अन्त्य हुने बताए ।

कार्यक्रममा महासमिति सदस्य पदम राज अधिकारी सुदुर पश्चिम प्रदेश कार्यसमिति सदस्य बेदप्रकास तिमिल्सेना,जिल्ला पार्टी उपसभापति नयाराम बजगाइ,महाधिवेशन प्रतिनिधि भुमिसरण बजगाई लगायतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया