Advertisement
SKIP THIS
हेमराज कुँवर मृत्युलाई लियर जयगढमा भएको तोडफोड प्रति गाउँपालिकाको आपत्ति

निराकरण खबर अछाम:हेमराज कुँवर मृत्युलाई लियर जयगढमा भएको तोडफोडमा भएको प्रति बान्नीगढी जयगढ गाउँपालिकाले आपत्ति जनाएको छ।

साँफेबगर नगरपालिका भित्र भएको घटनालाई लिएर बान्नीगढी जयगढ गाउँपालिका भित्र रहेको जयगढ बजारमा आई केही अराजक व्यक्तिहरुको समूहले स्थानीय सर्वसाधारण, व्यवसायी, महिला, बालबालिका तथा विद्यार्थीहरुलाई कुटपिट, गाली गलौज गरी सार्वजनिक शान्ति विरोधी काम गरेको भन्दै आपत्ति जनाएको छ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले एक बिज्ञप्ति जारी गर्दै
घटनाको खेद प्रकट गर्दै दोषी उपर तत्काल कानुनी कारवाहीका लागी सम्बन्धित निकायलाई माग गरेको छ।बसको ठक्करबाट मृत्यु भएका हेमराज कुँवरको उपचारको क्रममा निधन भएको प्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया