निराकरण खबर अछाम:बसको ठक्करवाट घाईते भएका साँफेबगर नगरपालिका वडा नं.३ सिद्देश्वरका २६ वर्षिय हेमराज कुँवरको उपचारका क्रममा मृत्यु भएको छ ।
कुँवरको मृत्यु भएपछि आफन्त आन्दोलितले साँफेबगरमा र जयगढमा बस काउन्टरमा तोडफोड गरि सडक अनिश्चितकालका लागि बन्द गरेक छन।
उनलाई ठक्करदिने सुप्रप ०१–००१ ख ३१५४ नम्वरका गाडी चालकलाई कारवाहि र मृतकका श्रीमत र दुई छोरीको लालनपालनको जिम्मा लिनु पर्ने मृतकका आफन्तले माग गरेका छन।
कुँवरलाई चैत १९ गते साँफेबगर नगरपालिका वडा नं.७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा काठमाडौं मृत्यु भएको हो।मृतकका आफन्तले सडक अबरुद्ध गर्दा अछाम र बाजुराका यातायात प्रभावित भएको छ।