Advertisement
SKIP THIS
प्रभा धम्कोट माध्यमिक बिधालयमा सञ्चालन भएको महायज्ञको आय ब्याय सार्वजनिक

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिका ३ सिद्धेश्वरको प्रभा धम्कोट माध्यमिक बिधालयमा सञ्चालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आय ब्याय सार्वजनिक भएको छ।

चैत ८ गते देखि १४ गते सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा कुल ३ करोड ४६ लाख ७७ हजार ४८ रुपैयाँको आम्दानी भएको आर्थिक संयोजक कृष्ण कुँवरले जानकारी दिए।

१ हप्ता सम्म सञ्चालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ७२ लाख ७९ हजार १ सय ५५ रुपैया खर्च भएको आर्थिक संयोजक कुँवरले बताए ।

गाउँमै विएसि एजि. कृषि क्याम्पस बनाई गुणस्तरीय ब्यावसायिक शिक्षा प्रदान गर्ने उदेश्य लेचैत ८ गते देखि १४ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया