Advertisement
SKIP THIS
समाचारको प्रभाव : १८ दिन पछि भेटिए काठमाडौंमा बेपत्ता अछामका एक बालक

निराकरण खबर अछाम:अछामका एक जना बालक १८ दिन पछि भेट्टिएका छन।

अछामको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रा बाडीका १४ बर्षिय बालक राजन कडारा काठमाडौंको बुढानिलकण्ठ उनिखेलमा भेटि्एका हुन।निराकरण खबरबाट चैत २१ गते अछामका १ बालक काठमाडौं बेपत्ता शिर्षक समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएको दोस्रो दिन बेलुका प्रकाश बमले हामीलाई खबर गरेपछि उनकै सहयोगमा २१ दिन देखि बेपत्ता बालकलाई आफन्तको जिम्मा लगाईएको छ।

कडारा काठमाडौंको कपन गैरी गाउँबाट चैत ६ गते बिहान ९ बजे बिधालय जान्छु भनेर निस्केका पछि साथिहरुको लहलहिमा लागेर काठमाडौंको बुढानिलकण्ठ उनिखेलको एक होटलमा काम गर्दै गरेको अवस्थामा भेटिएका हुन।

तपाईको प्रतिक्रिया