Advertisement
SKIP THIS
चैत मसान्तसम्म नगर स्तरीय परिक्षाको नतिजा प्रकाशित गर्छौ: प्रमुख भट्ट

निराकरण खबर अछाम:साँफेबगर नगरपालिका स्तरीय आधारभुत परिक्षाको नतिजा चैत मसान्तमा प्रकाशित गरिने भएको छ। कक्षा ५ र ८ को नगरस्तरिय परिक्षाको नतिजा प्रकाशितका लागि अहिले साफेबगर नगरपालिकामा उत्तरपुस्तिका परिक्षण कार्य भईरहेको नगरपालिका शिक्षा शाखा प्रमुख हिरादत्त भट्टले बताए ।

साँफेबगर नगरपालिकाले नगर भित्रका ६७ बिधालयका बिधार्थीलाई २१ वटा परीक्षा केन्द्र तोकि परिक्षा सञ्चालन गरेको थियोे । नगर स्तरीय आधारभुत परीक्षामा कक्षा ५ र ८ मा अध्यनरत ११ सय ६२ बिधार्थी सहभागी भएका शिक्षा अधिकृत भट्टले जानकारी दिए।

साँफेबगर नगरपालिकाले आधारभूत शिक्षा परीक्षा व्यवस्थापन निर्देशिका २०७८ जारी गरि यश बर्ष देखि कक्षा ५ को समेत नगर स्तरीय आधारभुत परिक्षा लिएको शिक्षा शाखा प्रमुख हिरादत्त भट्टले बताए । शिक्षाको गुणस्तर कायम गर्न नगरपालिकाले कक्षा ५ मै नगरस्तरिय परीक्षा लिएको अधिकृत भट्टले बताए ।

तपाईको प्रतिक्रिया