Advertisement
SKIP THIS
मुख्यमन्त्री कमल शाहले गरे नागरिकको अपमान

नागरिकलाई आउछु भनेर कुर्याएर मुख्यमन्त्री पार्टीको कार्यक्रम

अछाम:सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह नागरिकलाई कुराएर आफ्नो पार्टीको कार्यक्रममा गएका छन।

मुख्य मन्त्री भएपछि मंगलबार पहिलोपटक सुदूरपश्चिमका पहाडी जिल्ला भ्रमणका लागि पुर्खौलि थलो अछाम आएका मुख्यमन्त्री शाह मंगलबार भर अछामका बिभिन्न कार्यक्रम गए। मुख्यमन्त्री मंगलबार बिहान बैधानाथ, श्रिकोट, साँफेबगर नगरपालिकाले गरेको सम्मान , नेपाली कांग्रेस अछाम १ प्रदेश सभा क ले गरेको सम्मान, बयालपाटा अस्पतालको अनुगमन र साँफेबगर नगरपालिका वडा ३ सिद्धेश्वरमा रहेको प्रभा धमकोट माध्यमिक बिधालयमा श्रीमत् भागवत महायज्ञ समापन गरि बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध बरदादेविको दर्शन गर्ने कार्यक्रम रहेको थियोे ।

त्यसै अनुरुप बान्नीगढी जयगढ गाउँपालिका १ गाज्राका नागरिकले मुख्यमन्त्री शाह सहितको टिमलाई स्वागत गर्न मंगलबार दिउँसो भर बाजागाजा र फुलमाला सहित तयार भईरहदाँ मुख्य मन्त्री शाह भने समय अभावको कारण देखाउदै त्यहा सहभागी भएनन् । समय अभाव भन्ने मुख्यमन्त्री भने नेपाली कांग्रेस बान्नीगढीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रम गए, त्यसपछि मुख्यमन्त्री ५० मिटर दुरीमा रहेको बान्नीगढी जयगढ गाउँपालिकाले आयोजना गरेको कार्यक्रम सहभागी भए।

मुख्यमन्त्री सहितको टिमलाई स्वागत गर्ने भनी फुलमाला सहित बसेका नागरिक मुख्यमन्त्री नआएपछि खिन्न हुदै घरघर लागे । उनिहरुले आफ्नो मात्रै नभई वरदान कि देवि वरदादेविको समेत अपमान गरेको भनेका छन।



तपाईको प्रतिक्रिया