Advertisement
SKIP THIS
मुख्यमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चीमका पहाडी जिल्लाको भ्रमणका क्रममा पुर्खौली थलो अछाम पुगे,मुख्यमन्त्री कमल शाह

साना टुक्रे योजना,व्यक्तिगत योजना र कमिशन र झ्यालबाट आउने योजनाको अन्त्य गछौं मुख्यमन्त्री शाह
निराकरण खबर अछाम , सुदूरपश्चीम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले स्थानिय सरकाररुलाई मजबुद बनाई नागरिकलाई सेवा प्रदान गर्ने बताएका छन ।
मुख्यमन्त्री भएपछि पहिलो पटक सुदूर पश्चीमका पहाडी जिल्लाको भ्रमणका क्रममा पुर्खौली थलो अछाम पुगेका शाहले तिनै तहका जनप्रतिनीधी र कर्मचारीहरु मिलेर काम गरे मात्रै संघिय गणतन्त्रले सार्थक पाउने बताए ।

वडा टोलबाट बढी भन्दा बढी नागरिकको सहभागी गराएर मात्रै योजना छनोट गर्न स्थानिय तहलाई आग्रह गरे । मुख्यमन्त्री शाहले साना साना टुक्रे योजना,व्यक्तिगत योजना र कमिशन र झ्यालबाट आउने योजनाको अन्त्य आफ्नो कार्यकालमा हुने र यसको लागी कर्मचारी जनप्रतिनिधि बिच सहकार्य समन्वय अनिवार्य हुनुपर्ने मुख्यमन्त्री कमल बहादुर शाहले बताए ।

सरकार गठबन्धनबाट सञ्चालन भएको बताउदै मुख्यमन्त्रीं शाहले प्रदेशमा सबैलाई मिलायर लैजाने बाताबरणको निमार्ण गर्ने बताए ।पहिलेको सरकारले योजनाहरु बिना अर्थमा बनाएका पहुच र कमिसनमा योजनाहरु सञ्चालन गरेको तर्फ इङ्गीत गर्दै मुख्यमन्त्रीं शाहले यो सरकारले त्यो रोक्ने बताए ।मुख्यमन्त्री शाहले अछामको बयालपाटा अस्पताल, बैधनाथ लगायताका क्षेत्रको अवलोकन भ्रमण गरेका थिए ।मुख्यमन्त्री शाह २ दिन पुर्खौली थलो अछाम बस्नेछन ।

तपाईको प्रतिक्रिया