Advertisement
SKIP THIS
चैते दशैमा मंगलसेन नगरपालिकामा बिदा

निराकरण खबर अछाम: अछामको मंगलसेन नगरपालिकाले चैते दसैँ अवसरमा यही चैत १५ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाको राजपत्रमा २०७९/१२/१३ गते प्रकाशित सूचना अनुसार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय बिदा रहेको नगरपालिका नि प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सोडारीले जानकारी दिए ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा आराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला नगरपालिकाकाे वडा नं १० जुपुमा चैते दशैको मेला मनाईन्छ।

तपाईको प्रतिक्रिया